Logo

Jul 28 2026 | २०८३ साउन १२ गते

images
  • मंगलबार, साउन १२ २०८३
images
images

साल्टको कीर्तिमानी प्रदर्शनमा दोस्रो टी–२० मा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकालाई हरायो


मसिनाखबर
  • 4.8K
    SHARES

  • साल्टको कीर्तिमानी प्रदर्शनमा दोस्रो टी–२० मा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकालाई हरायो

    एजेन्सी । इङ्ग्ल्यान्डका लागि फिल साल्टले अहिलेसम्मकै उच्च स्कोर र छिटो शतक बनाएपछि हिजो भएको दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिका एक सय ४६ रनले पराजित भएको छ । म्यानचेस्टरमा भएको खेलमा साल्टले ६० बलमा एक सय ४१ रन बनाएपछि इङ्ग्ल्याण्डले दक्षिण अफ्रिकालाई तीन सय पाँच रनको लक्ष्य दिएको थियो । यो इङ्ग्ल्याण्डको टी–२० इतिहासकै सबैभन्दा उच्च स्कोर हो भने दुई टेस्ट देशबीचको टी–२० खेलमा सबैभन्दा उच्च योगफल हो । तर समग्रमा टी–२० खेलमा तेस्रो सर्वाधिक योगफल हो ।

    टी–२० खेलमा सर्वाधिक योगफल जिम्बाबेले गाम्बियासँगको खेलमा तीन सय ४४ रन बनाएको थियो । त्यस्तै दोस्रो सर्वाधिक योगफल नेपालले मङ्गोलियासँग तीन सय १४ रन बनाएको थियो । इङ्ग्ल्याण्डले २० ओभरमा २ विकेट गुमाएर तीन सय ४ रन बनाएपछि जितका लागि तीन सय ५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६ ओभर एक बलमा एक सय ५८ रनमै अलआउट भयो ।

    वर्षाले प्रभावित पहिलो टी–२० खेलमा दक्षिण अफ्रिकाले इङ्ग्ल्याण्डलाई १४ रनले हराएको थियो । यी दुई देशबीचको तेश्रो तथा निर्णायक टी–२० खेल भोलि हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    © copyright 2014-2022 and all right reserved to mashinakhabar.com   |   Site By : SobizTrend