Logo

Jul 28 2026 | २०८३ साउन १२ गते

images
  • मंगलबार, साउन १२ २०८३
images
images

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित


मसिनाखबर
  • 3.4K
    SHARES

  • नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित


    काठमाण्डौ । काठमाण्डौमा सम्पन्न नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को निर्वाचनबाट फुरगेल्जे शेर्पा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी कुलबहादुर गुरुङलाई पराजित गर्नुभएको हो ।

    आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले तीन सय ४२ मत ल्याउनुभयो भने गुरुङले दुई सय ८८ मत प्राप्त गर्नुभयो । वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी र महासचिवमा राजेन्द्र लामा निर्वाचित हुनुभएको छ । सचिवमा चन्दन थापा विजयी हुनुभएको छ भने कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गर्नुभएको छ ।

    त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # sansad
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    © copyright 2014-2022 and all right reserved to mashinakhabar.com   |   Site By : SobizTrend