Logo

Jul 28 2026 | २०८३ साउन १२ गते

images
  • मंगलबार, साउन १२ २०८३
images
images

अमेरिकामा बस्न पाइने टीपीएस सुविधा खारेज स् ७ हजार नेपाली स्वदेश फर्किनुपर्ने



अमेरिकामा बस्न पाइने टीपीएस सुविधा खारेज स् ७ हजार नेपाली स्वदेश फर्किनुपर्ने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) अर्थात् अमेरिका बस्न पाउने विशेष सुविधा खारेज गर्ने भएको छ ।

त्यहाँको सङ्घीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको बीबीसीले जनाएको छ ।

योसँगै टीपीएस सुविधा लिएर अमेरिकामा बसोबास गर्दै आएका झन्डै सात हजार नेपाली स्वदेश फर्कनुपर्ने भएको छ । नेपालमा १० वर्षअघि सन् २०१५ मा आएको विनाशकारी भूकम्पलाई कारण देखाउँदै अमेरिकी सरकारले त्यसबेला विना कागजात बसेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।

त्यसबेला झन्डै १५ हजार नेपाली नागरिकले टीपीएस सुविधा लिएका थिए । ट्रम्प प्रशासनले आप्रवासी र अवैध रूपमा बसोबास गरिरहेकाहरुप्रति कडा नीति लिइरहेका बेला अमेरिकाको होमल्याण्ड सेक्युरिटीले शुरुमा नेपाल, होन्डुरस र निकारागुआका नागरिकहरुको टीपीएस सुविधा खारेज हुने निर्णय गरेको छ ।

हिजो पुनरावेदन अदालतले फैसला गरेकाले टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको खबरमा उल्लेख छ । अमेरिकाको आप्रवासन प्रणाली अन्तर्गत विशेष परिस्थितिमा दिइने सुविधा टीपीएस हो । यो सुविधा पाएका निश्चित देशका नागरिकलाई अस्थायी रूपमा अमेरिकामा बस्न, काम गर्न अनुमति दिइन्छ । 



प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

ट्रेन्डिङ

© copyright 2014-2022 and all right reserved to mashinakhabar.com   |   Site By : SobizTrend